केही दिन अनावश्यक फोन र मेसेज नगर्नु: मन्त्री पुन
काठमाडाैं | असोज ८, २०८२
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केहि दिनको लागि अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सृजनशील टिम बनाउन व्यस्त छु। त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।
सोमबार मन्त्री नियुक्त भएका पुन मंगलबारदेखि कार्यकक्षमै शयन कक्ष तयार पारेर काममा जुटेका छन् ।

पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

